असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला लिगः आर्मीको चौथो फराकिलो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो जित निकालेको छ। बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई १२-० ले पराजित गरेको हो ।

आर्मीको सहज जितमा शर्मिला थापाले ५ गोल गर्दा सपना लामाले २, विमला चौधरी, हेमा चौधरी, अञ्जली वाइबा, रश्मी घिसिङ र विमला विकले समान १–१ गोल गरे । हेमाको गोलमार्फत खेलको तेस्रो मिनेटमै आर्मीले अग्रता लियो । शर्मिलाले छैटौं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाइन् ।

अञ्जलीले आठौं मिनेटमा तेस्रो गोल गर्दा १३औं र २३ औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पुरा गरिन् । २९औं मिनेटमा शर्मिला र ३० औं मिनेटमा विमला चौधरीले गोल गरे ।

३८ औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौं गोल गर्दा आर्मीले पहिलो हाफमा ८-० को अग्रता लियो । ४८ औं मिनेटमा विमला विकले र ८४ औं मिनेटमा रश्मीको गोल मार्फत आर्मी १०–० ले अघि बढ्यो ।

८७ औं र दोस्रो हाफको अन्त्यतिर सपनाले गोल गरेपछि आर्मीले १२–० को सहज जित हात पारेको हो । यो जितसँगै आर्मी ६ खेलबाट १३ अंक जोड्दै लिगको दोस्रो स्थानमा कायम छ । पराजय ब्यहोरेको चौदण्डीले हाल सम्म कुनै अंक जोडेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार