असार २३, २०८२ सोमबार July 7, 2025

सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई )को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिनुभएको छ । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उहाँ आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँ एउटै ओभरमा दुई विकेट लिन सफल हुनुभयो ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिनुभएको हो । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उहाँले मात्र दुई रन खर्चिनुभयो । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किनुभयो । कामीले दुई ओभरमा मात्र १० रन खर्चिनुभयो । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिनुभएको छ ।

युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहनुभएको छ । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनुभएको छ । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहनुभएको छ ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार