असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नयाँ प्रशिक्षक डेभ ह्वाटमोर र छनोट समितिसितको समन्वयमा क्यानले खेलाडी छनोट गरेको हो । पहिलो पटक विवेक यादव, हरिशङ्कर शाह, अनुज चनारा, खड्गबहादुर बोहोरा र अर्जुन कुमाल बन्द प्रशिक्षणका लागि क्यानको छनोटमा पर्नुभएको छ ।

लामो समयपछि रामनरेश गिरी, पृथु बाँस्कोटा, कृष्ण कार्की र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनोट हुनुभएको छ । ओमानसँग नेपालले एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने छ । क्यानले हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार बनाएर बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । बन्द प्रशिक्षणमा बोलाइएका अन्य खेलाडीमा विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कृष्ण कार्की, पवन सरार्फ, शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल रहनुभएको छ । बन्द प्रशिक्षण शनिबारदेखि शुरु हुने क्यानले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार