असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबल : रश्मीको ह्याट्रिकमा आर्मी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रश्मी घिसिङको ह्याट्रिक मद्दतमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको पहिलो खेलमा विजयी भएको छ । आर्मी क्लबले आज भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उक्त खेलमा घिसिङले चार गोल गर्नुभयो । आर्मीका लागि शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अञ्जली वाइवाले एक एक गोल गर्नुभयो । चौदण्डीगढीले आर्मीका लागि एउटा आत्मघाती गोल गरेको थियो ।

मध्यान्तरअघिको खेलमा आर्मीले तीन तथा मध्यान्तरपछिको खेलमा ६ गोल गरेको हो । आर्मीका लागि घिसिङले खेलको १९औँ, ५२औँ, ६०औँ र ६३औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै थापाले खेलको २३औँ तथा ४०औँ मिनेटमा गोल गर्नुभएको थियो भने राईले खेलको ७८औँ र वाइवाले ८८औँ मिनेटमा गोल गर्नुभएको हो । अन्तिम समयमा चौदण्डीगढीका एमित लेप्चाले आत्मघाती गोल गर्नुभएको थियो ।

चौदण्डीगढीले चार भारतीय खेलाडीलाई लिगका लागि भित्र्याए पनि स्तरीय खेल प्रदर्शन भने गर्न सकेन । जितसँगै आर्मी सात खेलबाट १६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । चौदण्डीगढी लगातार सातौं खेलमा पराजित हुँदै अङ्कविहीन अवस्थामा रहेर लिगको पुछारमा छ ।

एपीएफ क्लब लिगको शीर्ष स्थानमा छ । विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौंथो, वालिङ नगरपालिका ८ अङ्कका साथ पाँचौ तथा चन्द्रपुर नगरपालिका तीन अङ्कसहित छैटौँ स्थानमा रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार