मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । गायक नवीन कार्कीको पहिलो गीति एल्बम ‘नवीन’को आज राजधानीमा लोकार्पण गर्नुहुँदै उहाँले समृद्ध नेपालको मार्गमा आउने खराब पात्र पछि हट्दै जाने बताउनुभयो । राष्ट्रियता प्रवद्र्धन हुने गीत सङ्गीत सृजना गर्न मन्त्री गुरुङले स्रष्टासँग आह्वान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व श्रेष्ठ, गीतकार देवेन्द्र केसी, गीतकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि देवकोटा, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, विज्ञापन बोर्डका सदस्य बलराम थापा, गायक राजनराज शिवाकोटी, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, नेपाल टेलिभिजनका सञ्चालक सदस्य बालकृष्ण बस्नेत, एल्बमकी प्रस्तोता तारा कार्कीलगायतले शालीन गीत एवं सङ्गीत, भाषा र संस्कृति रहेसम्म रहने भएकाले यसतर्फ स्रष्टाको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

विसं २०५६ देखि लोकगीतमार्फत् गायन क्षेत्रमा प्रवेश गर्नुभएका गायकको यो पहिलो गीति एल्बम हो । एल्बममा आठ गीत छन् । सातवटा गीतमा गायक कार्कीको एकल गायन रहेको छ । एउटा गीतमा भने गायिका माण्डवी त्रिपाठीको पनि स्वर रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार