असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो । चन्द्रपुरका लागि निर्णायक गोल रजनी थोकरले गर्नुभएको हो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा ७०औँ मिनेटमा थोकरले चन्द्रपुरका लागि गोल गर्नुभएको हो । जीतसँगै चन्द्रपुरले सात खेलमा ६ अङ्क बनाएको छ । विराटनगरको सात खेलमा १० अङ्क छ ।

लिगको आज सम्पन्न दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङ नगरपालिकाले पुलिस क्लबलाई १–० गोलले हराएको हो । वालिङका लागि मेथो रुथले निर्णायक गोल गर्नुभएको हो । मध्यान्तरअघिको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५८औँ मिनेटमा क्यामरुनका खेलाडी रुथले वालिङका लागि एकमात्र निर्णायक गोल गर्नुभएको हो ।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपिएफ र चौदण्डीगढी नगरपालिकाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार