मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अदालतको निर्णय सबैले स्वीकार्नुपर्छ : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताउनुभएको छ । पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

सर्वोच्च अदालतको अन्तिम फैसला सबैले मान्नुपर्ने उहाँको भनाइ छ । “अदालतले संसद् विघटन ठीक छ भन्यो भने चुनावमा जानुपर्यो, ठीक छैन भन्यो भने संसद् पुनःस्थापना पनि हुन्छ”, उहाँले भन्नुभयो । उहाँले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले मुलुक यतिबेला विकास निर्माणको तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन होला नहोला भन्नेतर्फ चिन्ता नलिइकन विकास निर्माणका कामलाई गति दिन पनि आग्रह गर्नुभयो ।

यस वर्षदेखि प्रत्येक खरका छाना भएका घरपरिवारलाई रु ५० हजारका दरले वितरण गरेर जस्ताका छाना छाउने अभियान थालिएको बताउँदै दुई वर्षभित्र जिल्लानै खरका छानामुक्त हुने विश्वास दिलाउनुभयो । उहाँले विकास निर्माणका काम गाउँ केन्द्रित हुने तर नागरिक शहर केन्द्रित भइरहेको बताउँदै गाउँमै बसेर उद्यमशील बन्न आग्रह गर्नुभयो । गाउँमै आयआर्जका स्रोत बढाउन उहाँको आग्रह रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी वैशाख १७ र २७ गते जुनसुकै अवस्थामा पनि निर्वाचन हुने ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निर्वाचन एक दिन पनि पछि नसर्ने बताउँदै आएको भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले पछिल्लो तीन वर्षमा जिल्लामा अभूतपूर्व विकास भएको बताउँदै आगामी निर्वाचनमा पनि बाँकी कार्यभार र आयोजना पूरा गर्न नेकपालाई नै विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउँदै तीनै तहको सहकार्यबाट मात्र छिट्टै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार