काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाई र मनोज थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वयले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आयोगले बिशेष अदालतमा दायर गरेको मुद्धामा आरोप लागेको छ।
आरोपीद्वयलाई बिगो अनुसारको कारवाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया