भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

एक वर्षमा सवा दुई अर्ब बचत गर्ने नेपाल एयरलाइन्सको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न उपाय लगाएर एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने दावी गरेको छ ।

खासगरी खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट सो बचत हुने आँकलन गरिएको एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले बताएका छन ।

खरेलका अनुसार अब जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएको छ । यसले गर्दा किटको मूल्य कटौति गर्न सघाउ पुग्ने उनको तर्क छ । अर्कोतर्फ रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उनले बताएका छन ।

‘इन्जिनियरिङ बिभागका माध्यमबाट अब धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेको छ । यसले गर्दा पनि खर्च घटाउन भूमिका खेलेको हो,’ उनले भने ।

जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको खरेलले बताएका छन ।

‘हामी इमान्दारीका साथ काम गरिरहेका छौ,’ उनले भने, ‘खर्च कटौतीलाई तीव्र बनाएका छौ । आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी छ ।’

आफ्नो तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको उनले जानकारी दिएका छन । ती मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

जापान उडानको प्रारम्भिक दिनमा हतोत्साहित बनाउने काम भएको भन्दै अध्यक्ष खरेलले प्रतिस्पर्धामा रहेका अन्य कम्पनीलाई यसबाट फाइदा भएको बताएका छन ।

‘कुनै पनि गन्तव्य रातारात नाफामा जादैन, तर, सुरुकै १र२ उडानको यात्रु सङ्ख्या देखायर हतोत्साहित बनाउन खोजियो,’ उनले भने, तर, ‘अब हामीले यात्रुको साथ पाइसकेका छौ ।

निगम सन् २०१९ मैसबैभन्दा धेरै यात्रु बोक्ने नेपालको वायुसेवा बन्ने दावी कम्पनीको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार