असार २३, २०८२ सोमबार July 7, 2025

एकदिवसीय सिरिज स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ ।

आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो ।

लिगमा हालसम्म नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया