कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘गो ब्याक इन्डिया’ भन्दै सत्तारुढ विद्यार्थी संगठन सडकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेको छ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको हो।

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्‍याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’, कालापानी हाम्रै हो’, ‘हाम्रो भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए।

कोणसभालाई अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गरेका थिए। उनीहरुल भारतले सारेको नयाँ नक्सा सच्याउन चेतावनी समेत दिएका छन।

यो हाम्रो आकस्मिक प्रदर्शन हो’, अनेरास्ववियुका नेता विजय गौतमले भने, ‘सरकारलाई कुटनीतिक माध्यमबाट यो समस्याको हल खोज्नका लागि घच्घच्याउन प्रदर्शन गरेका हौँ।’

गौतमले भारतले आफ्नो गल्ती सच्याएर माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका छन। यसबारे बिहीबार नेकपाको युवा र विदार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिएका छन।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी, लिपुलेकलगायतका भूमि समावेश गरिएको छ। त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार