असार २३, २०८२ सोमबार July 7, 2025

नेपाली भूमिमा भारतीय तस्करको हर्कतः प्रहरीमाथि भाला आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् ।

गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।

घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।

घाइते प्रहरीलाई थप उपचारको लागि काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया