मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भागरथी हत्याः १२ दिन बित्दा पनि अन्योलमै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण भने फेला पार्न सकेको छैन। बलात्कार र हत्यामा संलग्न एकजनामात्र हो कि एकभन्दा बढी थिए भन्ने पनि अझै पत्ता लाग्न सकेको छैन्।

बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको शव फेला परेको थियो। हत्याको भोलिपल्ट घर फर्किरहेका तीन विद्यार्थीले सडकबाटै उनको शव देखेका थिए। चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिँडडुल गरिरहने बाटोबाट स्पष्ट देखिने स्थानमा दिनदहाडै बलात्कार र हत्या कसरी भयो ? यो प्रश्नले स्थानीय बासिन्दालाई रन्थन्याएको छ। शव फेला परेको भन्दा केही मिटर तल घंघारुसहितको झाडी छ। ‘बलात्कार र हत्या गर्ने भए सडकबाट देखिने ठाउँमा नगरेर यो झाडीमा गर्नुपर्ने थियो’, आइतबार नागरिककर्मीलाई घटनास्थलको अवस्था देखाउँदै स्थानीय बलदेव भट्टले भने, ‘यही ठाउँमा बलात्कार र हत्या गरेको भन्ने कुरामा हामीलाई शंका लागेको छ।’

कच्ची बाटोबाट घिसार्दै भागरथीलाई शव फेला परेको ठाउँसम्म लगेको स्थानीय बताउँछन्। कच्ची सडकबाट शव फेला परेको ठाउँसम्म बनमारा झाडीमा घिसारेको जस्तो अवशेष पनि देखिएको उनले बताए। शव भेटिएको स्थान र सडकबीचको एक ठाउँमा ढुंगामा लागेर खसेको भागरथीको शरीरको छालाको टुक्रा फेला पारेको प्रहरीले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार