मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

‘जनताको विश्वासमा तातोपानी खन्याउने काम भयो’ – मुख्यमन्त्री राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातोपानी खन्याउने काम भएको टिप्पणी गर्नुभएको छ । सोमबार विराटनगरमा आयोजित प्रदेश–१ सरकारको तेस्रो वार्षिक उत्सव समारोहमा बोल्दै उहाँले जनविरोधी हर्कतको संज्ञासमेत दिनुभएको छ ।

संसदीय व्यवस्थाको प्रचलित नियमविपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईको भनाइ छ ।प्रदेश–१ सरकारले तीन वर्षको अवधिमा प्रदेशमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको दाबी पनि गरेको छ । कार्यक्रममा प्रदेश–१ का प्रमुख सोमथान अधिकारी प्यासीले प्रदेश सरकार सफल भएको बताउनुभएको छ । विश्वब्यापीरूपमा फैलिएको कोरोना महामारीका बेला प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताउँदै उहाँले तीन वर्षमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको हो ।

संघ र स्थानीय तहको कडीका रूपमा प्रदेश सरकारले भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । कोरोना जनसुरक्षा कोष, गरिबसँग खाद्यान्न कार्यक्रमलगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गरेको उहाँको भनाइ छ ।यस्तै, प्रदेश–१ मा यातायात कार्यालयहरूले उपलब्ध गराउने सेवाहरू डिजिटल प्रविधिबाट उपलब्ध गराउने कामको थालनी पनि भएको छ । कार्यक्रममा डिजिटल प्रविधिको सेवा ल्यापटपको किबोर्ड थिचेर मुख्यमन्त्री राईले उद्घाटन गर्नुभएको थियो । उहाँले यातायातका साधनको दर्ता, नवीकरण, नामसारीलगायतका सबै काम अनलाइनबाटै हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले यातायातको मात्रै नभई मालपोत, नापीलगायतका कार्यालयले प्रवाह गर्ने सेवा पनि छिट्टै अनलाइन माध्ययमबाटै प्रवाह गरिने बताउनुभयो । प्रदेश–१ को तेस्रो वार्षिकोत्सवमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहले अघोषितरूपमा बहिस्कार गरेको थियो । सो समूहका नेता इन्द्रबहादुर आङ्बोले वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य नठानेको बताउनुभयो । वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार