बैसाख १३, २०८२ शनिबार April 26, 2025

सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले बिहीबार पदभारग्रहण गरेकी छन् । बुधबार धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहीबार धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरागर्दै उनले प्रदेश प्रमुखको जिम्मेवारी पाउदा खुशी र गौरव महसुस गरेको बताईन् । प्रदेश प्रमुख पन्तले संविधानको मर्म र भावना अनुरुप कर्तव्य पूरा गर्ने उल्लेख गर्दै यसमा सवैको साथ र सहयोगको अपेक्षा गरेको बताइन् ।

पदभारग्रहण अघि प्रदेश प्रमुख पन्तको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । पदभारग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीग्रण, उच्च पदस्थ कर्मचारी, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार