भाद्र १०, २०८३ बुधबार August 26, 2026

सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले बिहीबार पदभारग्रहण गरेकी छन् । बुधबार धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहीबार धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरागर्दै उनले प्रदेश प्रमुखको जिम्मेवारी पाउदा खुशी र गौरव महसुस गरेको बताईन् । प्रदेश प्रमुख पन्तले संविधानको मर्म र भावना अनुरुप कर्तव्य पूरा गर्ने उल्लेख गर्दै यसमा सवैको साथ र सहयोगको अपेक्षा गरेको बताइन् ।

पदभारग्रहण अघि प्रदेश प्रमुख पन्तको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । पदभारग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीग्रण, उच्च पदस्थ कर्मचारी, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्धार, खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ भाद्र १०, बुधबार
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
२०८३ भाद्र १०, बुधबार
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन
२०८३ भाद्र १०, बुधबार
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२०८३ भाद्र १०, बुधबार
सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै रास्वपाको सतर्कता अपिल
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र १०, बुधबार