असार २३, २०८२ सोमबार July 7, 2025

भक्तपुर २ ‘ख’ मा कांग्रेसका कृष्ण भँडेलले गरे उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुर २ ‘ख’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि आयोजित सभामा कांग्रेसका नेताहरुले यो चुनाव जनमत संग्रह पनि भएको बताएका छन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा सिटले सरकार नढल्ने र नबन्ने तर सन्देश दिन सक्ने बताएका छन । उनले अघि भने, ‘दुईअढाइ वर्षमा सरकारले ठीक गरेको छ भने उहाँहरुलाई भोट दिनुस् । बेठीक गरेको छ भने कांग्रेसलाई भोट दिनुस् ।’

उपचुनावमा नेकपालाई जिताइयो भने सरकार अझै विग्रिएर जाने उनको दाबी छ ।

अघिल्लो चुनावमा नेकपालाई भोट दिनेहरुको अपेक्षा यस्तो अराजकता भ्रष्टाचार हुन्छ भन्ने नभएको भन्दै उनले अघि भने, बालुवाटारमा ककसको नाममा जग्गा निस्किएको छ, खोज्ने यो बेलामा हो । सुन काण्डका ठूला माछा खोल्ने बेला यही हो ।’

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा आफ्नो पार्टीको जित सुनिश्चित भएको बताएका छन । यो चुनाव जनमत संग्रह पनि भएको भन्दै उनले लोकतन्त्रवादी कि अधिनायकवादीको पक्षमा उभिने जनताले निर्णय गर्नुपर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार