काठमाण्डौंः राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपालका लागि जापानका राजदुत मासासी ओगाव बीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षामा बिहिबार मध्या्ह उहाँहरुबीच भेटवार्ता भएको हो ।
राजदुत ओगाव बिहान साँढे ११ बजे अध्यक्ष तिमिल्सिना भेट्न सिंहदरबार पुगेका थिए । करिब आधा घण्टासम्म भएको उक्त भेटवार्तामा दुईदेशबीचको आपसी सम्बन्ध र विविध बिषयमा कुराकानी भएको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया