असार २३, २०८२ सोमबार July 7, 2025

काँग्रेस नेता खडकाको तेस्रो स्मृतिमा राष्ट्रियस्तरको टेवलटेनिस प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाण्डौंः नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खडकाको तेश्रो स्मृतिमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरिने भएको छ ।  “युथ अफ तुलसीपुर”ले आयोजना गरेको प्रतियोगितामा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोग हुनेछ ।

चैतको १६ देखि २० गते सम्म प्रतियोगिता हुन लागेको जानकारी युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन मार्फत दिईएको छ । “युथ अफ तुलसीपुरका” सल्लाहकार अरुण लहरेका अनुसार स्थानीय खेलाडीहरुलाई राष्ट्रियस्तरमा चिनाउने र मनोबल उच्च बानाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय स्थान हासिल गर्नेलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा महिला एकल , पुरुष एकल , पुरुष जुनियर टिम, महिला जुनियर टिम,पुरुष टिम  महिला टिम,पुरुष जुनियर र महिला जुनियर  लगायतमा एकल तथा समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला टिम र पुरुष टिम तर्फ प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार,१५ हजार,५ हजार,प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।महिला एकल र पुरुष एकल तर्फ प्रथम,द्वितीय र तृतीय  हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार ,प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम,द्वितीय र तृतीय  हुनेलाई क्रमशः ३० हजार, १५ हजार र ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। पुरुष जुनियर टिम र महिला जुनियर टिम तर्फ प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया