मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने आधा दर्जन प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाको (प्रचण्ड-माधव) समूहका ६ जना कार्यकर्ता रहेका जनाइएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दहचोक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री ओली सोही बाटो हुँदै जाने तयारी थियो । प्रधानमन्त्री सडक मार्ग भएर जानेबेला कालो झण्डा देखाउन सडक छेउमा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपाको प्रचण्ड–नेपाल समूहका दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्ट छन् । पक्राउ परेका ६ जनालाई नै महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।

संसद विघटन पछि विभाजित भएको नेकपाको प्रचण्ड–माधव अहिले स‌ंसद पुन:स्थापनको मागसहित आन्दोलनमा छ । संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार