काठमाण्डौंः युट्युबले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ । यो फिचरले फोरके क्यापेबल स्किृन नभएका डिभाइसमा पनि ६० फ्रेम प्रति सेकेन्डमा एचडीआर सहितको फोरके भिडियो हेर्ने सुविधा दिन्छ ।
यसको अर्थ हालसम्म एन्ड्रोइड प्रयोकर्ताले उच्च गुणस्तरकाे भिडियाे १०८०पी स्क्रिनमा मात्र हेर्न पाएकाेमा अब फोरके (२१६०पी) स्ट्रिमिङ अप्सनमा भिडियो हेर्न पाउनेछन् । हालका अधिकांश स्मार्टफोनमा १०८०पी (फुल एचडी) र ७२०पी रिजोलुसन्समा भिडियो हेर्न मिल्ने सुविधा छ ।
यद्यपि यसअघि गुगलले युट्युबमा अपलाेड भएका फोरक भिडियो १४४० पी रिजाेलुसनमा हेर्न सकिने व्यवस्था ल्याएको थियो ।
गुगलले सर्भर साइड अपडेटबाट यो नयाँ स्ट्रिमिङ अप्सन सुरुवात गरेको हो । यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छैनन् । युट्युबमा १०८०पी स्क्रिनमा भिडियाे हेरिरहेका प्रयोगकर्ताले मात्र अब एचडीआर सहित फोरके भिडियो हेर्न पाउँछन् ।
अर्कोतर्फ फोरके भिडियो हेर्नका लागि इन्टरनेट कनेक्सन राम्रो हुनुपर्ने बताइएको छ । गत वर्ष युट्युबले आईओएस प्रयोगकर्ताका लागि फोरके प्लेब्याक फिचर ल्याएको छ । टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया