काठमाण्डौंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय खड्का र माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको थियो ।
गत पुस २९ गते बाँस्तोलासहित अन्य चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया