जेठ ७, २०८२ बुधबार May 21, 2025

सीमाका विषयमा सरकार अल्मलिँदैन : मन्त्री बास्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् ।

देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बास्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताएका छन ।

“सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका बास्कोटाले भने, “विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्‍याउनेछौं ।”

“सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन”, प्रवक्ता बास्कोटाको भनाइ थियो । “सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ”, प्रवक्ता बास्कोटाले भने, “सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।”

आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताएका छन ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरेका छन । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले बताएका छन ।

एकसय उत्कृष्ट गन्तब्यमा परेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताका रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो ।

वेगमाता वेगेश्वरी कुल देवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगङ्गाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती रहेको छ ।

भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रुपमा अलप देवीभन्दा भन्दै अपभ्रंश भई आलमदेवी बन्न पुगेको कथन छ । अत्यन्त सक्रिय देवीका रुपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाका रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शिवाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवम् इच्छाइएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बाइन सकिने वरदान माग्दा पुग्ने विश्वास रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार