काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई संसद्मा डटेर सामना गर्ने बताएका छन् ।
पार्टीनिकट अनेरास्ववियुको राजधानीमा आयोजित बृहत् कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए।
“प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ। कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन”, उनले भने, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ।”
उनले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताए।
उनले प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेलले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया