श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालको सबैभन्दा ठूलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी १२ अर्ब २३ करोड ३० लाख रुपैयाँले घटेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा उक्त आम्दानी गुमाएको हो ।

एनसेलको प्यारेन्ट कम्पनीले बिहीबार मात्र सन् २०२० को अन्तिम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार सन् २०१९ मा ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० को वर्षमा ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

यससँगै पछिल्ला पाँच वर्षदेखि लगातार रुपमा एनसेलको आम्दानी खुम्चिँदै गएको देखिन्छ । सन् २०१६ मा ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले त्यसपछिका दुई वर्षमा क्रमशः ५८ अर्ब ५ करोड ४० लाख रुपैयाँ र ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस हिसाबले कम्पनीको यस वर्षको आम्दानीको गिरावट अहिलेसम्मकै ठूलो हो । कम्पनीले सन् २०२० को चौथो त्रैमासिक अवधिमा मात्रै २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आम्दानी घटेको छ ।

सन् २०१९ को अन्तिम तीन महिनामा १२ अर्ब ७२ करोड ७० लाख आम्दानी गरेको कम्पनीले सन् २०२० को सोही अवधिमा केवल १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

ओटीटी सेवाहरुको प्रयोग बढेसँगै भ्वाइस सेवाको प्रयोग घटेका कारण कम्पनीले लगातार रुपमा आम्दानी गुमाउँदै गएको हो । अहिले पनि कम्पनीको कूल आयमा ७६ प्रतिशत योगदान भ्वाइस सेवाकै रहेको छ ।

यस्तै कम्पनीको नाफा समेत भारी मात्रामा घटेको छ । सन् २०१९ मा १३ अर्ब ८४ करोड ४० लाख नाफा गरेको कम्पनीले सन् २०२० मा आइपुग्दा नाफा रकम ३ अर्ब ५ करोड ५० लाखमा सीमित भएको छ ।

कम्पनीले गत वर्षको तुलनामा ११ लाख ४६ हजार ग्राहक गुमाएको छ । प्रतिवेदन अनुसार सन् २०१९ मा १ करोड ६८ लाख ७१ हजार ग्राहक रहेकोमा सन् २०२० को अन्त्य सम्म आइपुग्दा ग्राहक आधार १ करोड ५७ लाख २५ हजारमा सीमित भएको हो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार