श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

‘टुँडिखेल कसको बिर्ता ? अब लिनेछ जनताले फिर्ता’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो ।

पूर्वयोजना टुँडिखेल नै घेर्ने थियो, तर उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति नभएपछि खुलामञ्च र रत्नपार्कमात्र घेरिएको थियो । एकअर्काको हात समातेर घेर्न पुग्ने मानिसहरु नभएपछि हरियो रंगको रिबन टाँगेर मानिसहरुले त्यही रिबन समातेका थिए ।

नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए । सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् ।

उनीहरुले ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाइएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ताहरुले सार्वजनिक सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ता आलोक तुलाधरले जानकारी दिएका छन । टुँडिखेल नै मासिने अवस्था आएकाले ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको उनले बताएका छन ।

काठमाडौंको मुटुमा अवस्थित टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा मात्र सार्वसाधारणको पहुँचमा छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार