असार २३, २०८२ सोमबार July 7, 2025

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नयाँ सवारी साधन खरिद  गर्दै  हुनुहुन्छ  भने  सवारी  दर्तादेखि  नै  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ ।

नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ  खरिद  गरिने  सवारी  साधनले  दर्तादेखि  नै  अनिवार्य  रूपले  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए  ।

उनका  अनुसार  विभागले  यसै  महिनादेखि  नै  यो प्रावधान लागू गर्न लागेको हो । आजको गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया