असार २१, २०८२ शनिबार July 5, 2025

बालुवाटारमा सर्वदलीय बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादका बारेमा छलफल हुनेछ।

दलका शीर्ष नेता र केही विज्ञलाई बैठकमा बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइराखेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले संयुक्त आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधनवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मन्त्रिपरिषदका सदस्य र नेकपा शीर्ष नेतासँगै विभिन्न दलका शीर्ष नेताको सहभागीता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार