मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सरकार र विप्लवका प्रतिनिधि बीच बालुवाटारमा वार्ता शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहबीच वार्ता शुरु भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता शुरु भएको हो ।

सरकारले मंगलबारमात्रै वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली बनाएको गठन गरेको थियो ।

सरकारले विप्लव समूहसँग वार्ता गर्न मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसमेत रहने गरी दुई सदस्यीय वार्ता समिति बनाएको हो ।

त्यस लगत्तै विप्लव समुहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दिपक चलाउने सहित दुई सदस्यीय वार्ता समिति गठन गरेको जनाएको थियो।

यसैबीच वार्ता अघी गृहमन्त्री राम बहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्शको लागि मंगलवार बिहान ७ बजे नै बालुवाटार पुगेका थिए ।

विप्लव समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नु पर्ने, प्रतिबन्ध फुकुवा गर्नु पर्ने, आफूहरूमाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने लगायतका विभिन्न माग राख्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार