असोज १७, २०८० बुधबार October 4, 2023

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशित हुँदैछ।

दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ।

आयोगको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको थियो। मनोनयन दर्ता गराएका उम्मेदवारको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ। तर, उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्नै नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा, भक्तपुरको निर्वाचन क्षेत्र नं १ को (क),बाग्लुङको क्षेत्र नं २ को ९ख० र दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि (सोमबार) बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

स्थानीय तहको निर्वाचन कार्यक्रम भने २७ कात्तिकबाट सुरु हुने आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार