श्रावण ११, २०८३ सोमबार July 27, 2026

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशित हुँदैछ।

दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ।

आयोगको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको थियो। मनोनयन दर्ता गराएका उम्मेदवारको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ। तर, उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्नै नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा, भक्तपुरको निर्वाचन क्षेत्र नं १ को (क),बाग्लुङको क्षेत्र नं २ को ९ख० र दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि (सोमबार) बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

स्थानीय तहको निर्वाचन कार्यक्रम भने २७ कात्तिकबाट सुरु हुने आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार