मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सरकार र विप्लव प्रतिनिधी बीच पहिलो चरणको वार्ता सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समुहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

बुधबार बिहान ८ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको पहिलो चरणको वार्ता १०ः४५ बजे सकिएको हो । वार्ता सकारात्मक रुपमा अगाड बढिरहेको बालुवाटार स्रोतको दाबी छ । पुनः दोस्रो चरणको वार्ता गर्नेगरी दुवै पक्ष बालुवाटारबाट बाहिरिएका छन् ।

सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले आजको वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताएका छन् । ‘वार्ता सकारात्मक दिशाउन्मुख छ’, उनले भने ।

आजको वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई थिए भने प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउने सहभागी रहेका थिए ।

औपचारिक वार्ता शुरु हुनु अगावै गृहमन्त्री राम बहादुर थापा बादल बुधबार बिहान ७ बजे नै प्रधानमन्त्री निवाश बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष विप्लवको मागका सम्बन्धमा अनौपचारिक छलफल गरेको स्रोतको दाबी छ ।

आजको वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्नुपर्ने मुख्य माग अघि सारेको बताईएको  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार