वैशाख १५, २०८१ शनिबार April 27, 2024

महाशिवरात्रि अघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ।

वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो। महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गरी गर्न लागिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

दुवै कार्यक्रम पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी तय गरिएको छ। बैठकमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई महाशिवरात्रिमा भक्तजनलाई स्नान गर्न स्वच्छ पानी व्यवस्था गरिदिन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उनले सुनाए।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि निरन्तर जारी छ। जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीलगायत प्रतिकूल अवस्थामा पनि अभियानकर्मीले सहजै वाग्मती सफाइ गर्दै आएका छन्।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसहित चक्रपथ विभिन्न खण्ड, महत्वपूर्ण सांस्कृतिकस्थलमा पनि सफाइ अभियान शुरु भएको छ। वाग्मतीको पनि गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाटलगायत स्थानमा पनि छुट्टाछुट्टै सफाइ अभियान चलिरहेको छ।

वाग्मती नदी किनारका विभिन्न पुरातात्विक, धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिले महत्वपूर्णस्थलमा विशेष मेला, पर्व, जात्रा परेका बेला सफाइ महाअभियान त्यहीँ केन्द्रित हुने गरेको छ। यसैले महाशिवरात्रिअघि र पछिका सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गर्न लागिएको हो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार