असार २४, २०८२ मंगलबार July 8, 2025

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको छ ।

नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको हो  ।

सडक  निर्माणलगायतको कामका  लागि भारतीय  जिल्ला  प्रशासनलेअनुमति   दिएपनि क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको भारतीय  सञ्चारकर्मी  सुरेन्द्र आर्यले बताए  ।

ठेकेदारले दैनिक सयौँ ट्रक बालुवा निकालेर लैजाँदा भारततर्फका  नदीतटीय  क्षेत्रका  बासिन्दासमेत  दुर्घटनाको  जोखिममा परेको  आर्यले बताए ।

नेपालतर्फ महाकाली नदीबाट बालुवा उत्खननको मापदण्ड बनाएर मेसिन   लगाउन नपाउने प्रावधान भएपनि भारततर्फ एस्काभेटर  प्रयोग  गर्दा  नदी  तटीय क्षेत्रका बासिन्दा बाढीको उच्च  जोखिममा  पर्ने  खतरा  रहेको छ ।

नेपालतर्फ मेसिनको प्रयोग नगरी मानवीय श्रमको प्रयोग गरेर  बालुवा उत्खनन गर्दा पनि प्रशासनले  कडाइ गरेको छ तर भारततर्फ ठूलाठूला मेसिनले बालुवा उत्खनन भइरहेको स्थानीय जयसिंह भाटले बताए  । आजको गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया