असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन् ।

धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो ।

टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो । बलपार्कले दिएको १०९ रनको विजय लक्ष्य बालुवाटारले आठ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । बालुवाटारका लागि इन्द्र कमलले अविजित ६९ रनको योगदान दिनुभयो ।

यसैगरी आजै भएको अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ६ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको पुल्चोकले सवै विकेटको क्षतिमा १७० रन बनायो । एक सय ७१ रनको विजय लक्ष्य ग्रेट हिमालयले चार विकेटको क्षतिमा पूरा गर्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया