असार २४, २०८२ मंगलबार July 8, 2025

नेकोन एयरका सेयरधनीले पैसा नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकोन एयरका सेयरधनीहरूले लगानी फिर्ता नपाउने भएका छन् । कम्पनीको खुद सम्पत्तिको तुलनामा दायित्व बढी भएकाले सेयरधनीले पैसा फिर्ता पाउन नसक्ने सम्भावना बढेको हो । कम्पनीले आफ्नो सम्पत्ति नबिल बैंकमा धितो राखेर ऋण लिएको थियो । सो ऋण नतरिकाले हाल यसको सम्पत्ति बैंकले रोक्का गरेको छ ।

कम्पनीबिलसहित अन्य १० वटा बैंकमा रू. २५ लाखका दरले २ करोड ५० लाखभन्दा बढी कर्जा रहेको छ । नेकोनलाई कर्जा सूचना केन्द्रले खराब ऋणीहरूको सूचीमा राखेको छ । नबिल बैंकले नेकोनको कति सम्पत्ति रोक्का राखेको हो सो को जानकारी दिन मिल्ने बताएको छ ।

नेपालको पहिलो निजी एयरलाइन्स नेकोन साधारण सेयरधनीको सबैभन्दा बढी रकम डुबेको कम्पनी हो । कम्पनीसँग एजएस –७४८ एभ्रो र वन एटीआर–४२–३२० तथा सेस्ना
क्याराभान जहाज रहेका थिए ।

सन् १२९२ मा स्थापना भएको कम्पनीले सन् १९८३ मा साधारण सेयर जारी गरेको थियो । यसको रू. १ सयका दरले १७ लाख ९२ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । यसलाई नेप्सेले सन् २००६ मा सूचीकरणबाट हटाएको थियो । सूचीकरण हुनुभन्दा केही अघिदेखि नै कम्पनी खराब आर्थिक स्थितिमा रहेको थियो । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया