काठमाण्डौंः पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको अन्तिम खेलमा पराजित भएसँगै पुल्चोक घटुवामा परेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा पुल्चोक नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । नयाँबस्तीका लागि अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गर्नुभयो ।
यस्तै पुल्चोकका लागि सान्त्वना गोल शिरव तामाङले गर्नुभयो । खेलको १९औँ मिनेटमा नयाँबस्तीका लागि अशोक तामाङले पहिलो गोल गर्नुभएको थियो । यस्तै खेलको ५८औँ मिनेटमा शिरव तामाङले गोल फर्काउँदै पुल्चोकलाई १–१ गोलको बराबरीमा पुर्याउनुभयो ।
खेलको ६३औँ मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ गोलअन्तरले जित दिलाउनुभयो । जितसँगै नयाँबस्तीले ११ खेलमा १५ अङ्क जोडेको छ । नयाँबस्ती लिगको नवौँ स्थानमा छ । पराजित भएको पुल्चोकले ११ खेलमा पाँच अङ्क मात्र जोड्न सक्यो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया