भाद्र २८, २०८३ आइतबार September 13, 2026

नेकपाले टुंगो लगायो केन्द्रीय निकायहरुको नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टी एकता भएको झण्डै १७ महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय निकायहरुको नेतृत्व चयन गरेको छ । सोमबारको पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा, सचिवमा अशोक रोकाय, केन्द्रीय सल्लाहकार कमिटिको अध्यक्षमा केशव वराल, सचिवमा नन्दकुमार थापालाई चयन गरेको छ ।

बालुवाटारमा बिहान बसेको बैठकले निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल र लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल, सचिवमा टेक नाथ आचार्यलाई चयन गरेको छ।

यस्तै जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईँ र सचिवमा गोविन्द पौडेललाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

पोलिटव्युरो गठन लगायत पार्टी एकताको बाँकी काम बारे भने आजको बैठकमा छलफल भएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार
मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी
२०८३ भाद्र २८, आइतबार
पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि चारै ढोका खोलिने, सुरक्षा व्यवस्था कडा
२०८३ भाद्र २८, आइतबार