श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ल्यापटप स्लो र ह्याङ हुन्छ ? यसरी गर्नुहोस् समाधान (टिप्स)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तपाईं नियमित रुपमा कम्प्युटर अथवा ल्यापटप चलाउनुहुन्छ भने पक्कै पनि स्लो तथा ह्याङ हुने समस्या बेहोरेकै हुनुपर्छ । लकडाउनको अहिलेको समयमा घरबाटै काम गर्नुपर्दा यो समस्याले  अझ सताएको हुनसक्छ ।

कम्प्युटरमा देखिने सामान्य किसिमका समस्या समाधानका लागि समेत सर्भिस सेन्टरमा देखाउन पुग्ने कतिपयको बानी हुन्छ । थोरै जानकारी राख्ने हो भने कतिपय त्यस्ता समस्या आफैंले समेत समाधान गर्न सकिन्छ ।

अब चिन्ता नमान्नुहोस्, कम्प्युटर स्लो हुने तथा ह्याङ हुने समस्या समाधानका लागि आज हामी तपाईंलाई केही टिप्स दिँदै छौं ।

१. आफै रन हुने प्रोग्राम बन्द गर्नुहोस्

कम्प्युटर तथा ल्यापटप अन गर्ने वित्तिकै स्वतः स्टार्ट हुने प्रोग्रामहरुले तपाईंको कम्प्युटरको स्रोतसाधन अनावश्यक रुपमा खपत गरिरहेका हुन्छन् । जसले गर्दा तपाईंलाई आवश्यक प्रोग्रामले सजिलै रुपमा काम गरिरहेको हुँदैन । यसका लागि अटो स्टार्ट हुने प्रोग्रामहरु बन्द गर्न सक्नुहुन्छ ।

  • यसका लागि अल्ट, कन्ट्रोल र डिलिट बटनलाई एकसाथ थिच्नुहोस् ।
  • टास्क म्यानेजरमा प्रवेश गर्नुहोस् ।
  • त्यहाँ माथि लहरै दिइएका अप्सनहरुमध्ये स्टार्टअपमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ तपाईंले अटो स्टार्ट हुने एपहरुको सूची देख्न सक्नुहुनेछ । त्यसमा गएर माइक्रोसफ्ट प्रोग्राम तथा एन्टीभाइरस बाहेक सबै प्रोग्रामलाई अटो स्टार्ट हुनबाट रोक्नुहोस् ।
  • त्यसका लागि सम्बन्धित प्रोग्राममा क्लिक गरी पुछारमा रहेको डिसेबलमा क्लिक गर्नुहोस् ।
  • यसको साटो सम्बन्धित प्रोग्राम चयन गरी राइट क्लिकमार्फत समेत निश्चित प्रोग्रामको अटो स्टार्ट इनेबल तथा डिसेबल गर्न सक्नुहुन्छ ।

२. पर्फर्मेन्स सेट गर्नुहोस्

हरेक कम्प्युटरको आफ्नै क्षमता र विशेषता हुन्छ । कति राम्रो अर्थात स्मूथ रुपमा काम गर्ने भन्ने कुरा त्यसैमा भर पर्छ । यद्यपी स्क्रीनमा हेर्दा राम्रो देखिने वा पर्फर्मेन्स राम्रो खोज्ने, कहिले काहिँ यसमा तपाईंले फरक खालकको आवश्यकता महसुस गर्न सक्नुहुन्छ ।

तर, तपाईंलाई स्क्रीनमा हेर्दा राम्रो नभएर ह्याङ हुने समस्या कम गर्नु छ भने पक्कै पनि राम्रो पर्फर्मेन्स दिने गरी आवश्यक सेटिङ मिलाउनुपर्ने हुन्छ । यसका लागि निम्न प्रकृया अपनाउन सक्नुहुन्छ ।

  • कम्प्युटरको कन्ट्रोल प्यानल हुँदै सिस्टम एण्ड सेक्युरिटी भएर सिस्टम अप्सन छान्नुहोस् ।
  • बायाँ छेउमा रहेको एड्भान्स सिस्टम सेटिङमा जानुहोस् ।
  • सुरुमा रहेको पर्फर्मेन्सको सेटिङ हुँदै एडजस्ट फर बेस्ट पर्फर्मेन्स अप्सन छनौट गरी अप्लाईपछि ओके बटनमा क्लिक गर्नुहोस् ।

३. ड्राइभ अप्टमाइज गर्नुहोस् 

कम्प्युटर तथा ल्यापटपमा हुने प्रोग्रामहरुको डेटा सी ड्राइभमा बसिरहेको हुन्छ । तर ड्राइभले नै राम्रोसँग प्रतिक्रिया दिन सकेन भने तपाईंले कम्प्युटरमा रन गर्ने प्रोग्रामले राम्रो पर्फर्मेन्स नदिन सक्छ र ह्याङ तथा स्लो हुने समस्या देखिन थाल्छ । यसको समाधानका लागि यसो गर्नुहोस् ।

  • विण्डो सर्च बटनमा डिफ्र्यागमेन्ट एण्ड अप्टिमाइज ड्राइभ टाइप गर्नुहोस् ।
  • माथि एउटा एप देखा पर्नेछ, त्यसलाई खोल्नुहोस् ।
  • सी ड्राइभ छनौंट गर्नुहोस् ।
  • त्यहाँ रहेको अप्टिमाइज बटनमा क्लिक गर्नुहोस् । ड्राइभ अप्टिमाइज हुन केही समय लिनसक्छ, पर्खिनुहोस् ।

४. टेम्पोररी फाइल डिलिट गर्ने

कम्प्युटर तथा ल्यापटपको प्रयोग गर्दै जाँदा विभिन्न प्रोग्रामले अनेक फाइलहरु तयार पारेका हुन्छन् । तर, काम सम्पन्न भइसक्दा समेत त्यस्ता टेम्पोररी अर्थात अस्थायी फाइलहरु कम्प्युटरमै बसिरहेका हुन्छन् ।

जसले कम्प्युटरमा अनावश्यक बोझको रुपमा समस्या समेत पैदा गरिरहेका हुनसक्छन् । त्यसैले पटक पटक यस्ता काम नलाग्ने टेम्पोररी फाइलहरु डिलिट गर्नुपर्ने हुन्छ । यसका लागि निम्न प्रकृया फलो गर्नुहोस् ।

  • कीबोर्डमा विण्डो बटनसँगै आर थिच्नुहोस् ।
  • अब त्यहाँ %temp% टाइप गर्नुहोस् ।
  • कन्ट्रोल बटनसँगै ए दबाएर सबै फाइल सेलेक्ट गर्नुहोस् र राइट क्लिक गरी डिलिट गर्नुहोस् ।
  • फेरी अघि जस्तै विण्डोसँगै आर बटन दबाउनुहोस् ।
  • अब temp टाइप गरी फेरी सबै फाइल छनौट गरी डिलिट गर्नुहोस् ।
  • पुनः विण्डोसँगै आर आटन थिच्नुहोस् ।
  • त्यहाँ prefetch टाइप गर्नुहोस् र कन्टिन्युमा क्लिक गरी अगाडि बढ्नुहोस् ।
  • अब त्यहाँ रहेका सबै फाइल सेलेक्ट गरी डिलिट गर्नुहोस् ।

५. डिस्क क्लिकअप

तपाईंको कम्प्युटरमा भएका सबै फाइलहरु आवश्यक नहुन सक्छन् । त्यस्ता अनावश्यक फाइलहरु डिलिट गर्ने गर्नुभयो  भने तपाईंको कम्प्युटरलाई स्मूथ रुपमा रन हुन सघाउनेछ । यसका लागि निम्नअनुसार गर्नुहोस् ।

  • ओपन माइ कम्प्युटरमा जानुहोस् । यसका लागि विण्डो र ई बटनलाई एकसाथ दबाउन समेत सक्नुहुन्छ ।
  • सी ड्राइभमा राइट क्लिक गर्नुहोस् ।
  • त्यहाँ रहेको प्रोपर्टीमा जानुहोस् ।
  • अब डिस्क क्लिनअप अप्सनमा क्लिक गर्नुहोस् । यसले केही समय लिनेछ ।
  • त्यसपछि क्लिनअप सिस्टम फाइलमा क्लिक गर्नुहोस् ।यति सबै प्रकृया पुरा गरीसकेपछि कम्प्युटरलाई एकपटक रिस्टार्ट गर्नुहोस् । अब अवश्य पनि तपाईंको कम्प्युटर केही हदसम्म फास्ट चल्न थाल्नेछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार