असार २३, २०८२ सोमबार July 7, 2025

श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।

आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको प्रहरीको दाबी छ ।गत मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् । लोधको टाउकोमा गम्भीर चोट लागेको,नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलबाट उठाइएको सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया