मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कांग्रेस र जसपाबीच नयाँ सत्ता समीकरणका बिषयमा घनिभुत छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि बारेमा कांग्रेसलाई जानकारी गराउनुभएको थियो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले मिलेर जाने स्थिति रहेको र आफूहरुले आफ्ना पार्टीका धारणा राखेको जानकारी गराउनुभयो । आफ्नो पार्टीका साथीहरु जेलमा रहेको र उहाँहरु छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्नेलगायत विषयमा कुरा राखेको उहाँले बताउनुभयो । बैठकमा कांग्रेस नेतृत्वले सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा वर्तमान राष्ट्रिय राजनीतिलाई मिलेर निकास दिनुपर्ने र त्यसका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा एक ठाउँमा उभिने परिस्थिति निर्माण हुनुपर्ने धारणा आएको जानकारी दिनुभयो ।

बैठकमा अहिलेको सन्दर्भमा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने मत प्रकट भए पनि ठोस रुपमा कुनै निर्णयमा पुगिनसकेको बताउँदै प्रवक्ता शर्माले प्रतिनिधिसभा पुनः स्थापनापछिको राष्ट्रिय राजनीतिलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने विषयमा छलफल भएको बताउनुभयो ।

जसपा नेतृत्वसँगको भेटवार्ता अघि आजै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेको थियो । सभापति देउवा निवासमै भएको बैठकमा खुला रुपमा संवाद गरी निष्कर्षमा पुगेर राष्ट्रिय राजनीतिलाई कांग्रेसको अग्रसरतामा लिएर जानुपर्ने विषयमा नेताहरुले धारणा राख्नुभएको थियो ।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वाेच्चले यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि दलहरुबीच राष्ट्रिय राजनीतिक विषयमा द्विपक्षीय एवं बहुपक्षीय रुपमा छलफल हुन थालेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार