असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएका ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । उसका लािग हेमन्त श्रीवास्तवले एक सय ६ रनको योगदान दिए ।

अशोक पौडेलले ३६ रन बनाए । बलिङतर्फ एन्जल्सका लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिए । दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको एन्जल्सले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो । उसका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाए ।

विवेक न्यौपानेले १७ रन जोडे । बलिङतर्फ ग्रेट हिमालयका सुशान्त तिमिल्सिना र अशोक पौडेलले तीन/तीन विकेट लिए । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया