असार २३, २०८२ सोमबार July 7, 2025

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्हबाट  हुने आजको पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।

सानोगौचरण र समाज कल्याणबीचको खेल मध्यान्ह साँढे १२ बजेबाट सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् । यस्तै आजै हुने अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच दिउँसो साँढे ३ बजे प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया