असार २३, २०८२ सोमबार July 7, 2025

सप्तरी प्रिमियर लिग (एसपीएल) टि-२० लिग चैत्र ८ गतेदेखि ,अक्सन आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरी प्रिमियर लिग मेयर कप टि २० (एसपीएल) तेश्रो संस्करण चैत ८ गतेदेखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ । टि २० एसपीएल प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन आज हुँदैछ । अक्सन होटल स्टार डिलक्स राजविराजमा बिहान ११ बजे सुरु हुने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार ५ टोलि सहभागी रहेको प्रतियोगितामा एउटा टिममा १५ जना खेलाडीहरु रहनेछन् , त्यसमध्ये १४ जना खेलाडीको चयन अक्सनमार्फत हुनेछ भने एक जना खेलाडी आयोजकले चुन्नेछ ।

प्रतियोगितामा बोदे बर्साईन थन्डर्स, टिभीएस किंग्स राजविराज, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स र रुपनी राईडर्स गरि कुल पाँच टोलि सहभागी हुँदैछन् ।

सहभागी सबै टिमले आफ्नो मार्की खेलाडीको घोषणा गरिसकेका छन् । तिलाठी कोइलाडीका लागि नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन सिँह ऐरी, बजाज खडक वारियर्सको पवन सर्राफ, रुपनी राईडर्सको कुशल भुर्तेल, टिभीएस किंग्स राजविराजको मेहबुब आलम र बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की खेलाडी रहेका छन् ।

अक्सनमा कुल १ सय ७५ जना खेलाडीहरु सहभागी रहेका छन जसमध्ये ५ वटा टिमले अक्सनबाट ७० जना खेलाडी टिममा समाबेश गर्नेछन् । एउटा टिमले १४ जना मध्ये सबै टिमले ५ जना खेलाडी भने सप्तरी जिल्ला बाहिरको समाबेश गर्न पाउनेछ ।

ए ग्रेडमा रहेका खेलाडीलाई अक्सनमा कम्तिमा ८ हजारबाट अधिकतम १५ हजार रुपैयाँसम्म बोलि लाग्नेछ। बि ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ७ हजार देखि अधिकतम ११ हजार सम्म, सी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ५ हजार देखि अधिकतम ७ हजारसम्म तथा डी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ३,५०० देखि अधिकतम ५,५०० रुपैयाँ सम्म बोलि लाग्नेछ।

टिमहरुले ए ग्रेडबाट २ जना मात्र खेलाडी तथा बि, सी र डी ग्रेडबाट समान ४ जना खेलाडी टिममा राख्न पाउनेछ । अक्सनको ए ग्रेडमा राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, सुनिल धमला, आसिफ शेख, राशिद खान, जितेन्द्र मुखिया, अनिल साह, अविनाश कर्ण, रामनरेश गिरि जस्ता खेलाडीहरु रहेका छन् । विजेता टिमले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । लिग राज रंगशालामा खेलिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया