असार २३, २०८२ सोमबार July 7, 2025

‘सी’ डिभिजन लिग : प्लानिङ ब्वाइज युनाइटेडलाई चर्च ब्वाइजले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन एक गोलअन्तरले पराजित गरेको हो ।

खेलको ५१औँ मिनेटमा चर्च ब्वाइजका लागि सोम थापाले पहिलो गोल गरेका थिए । खेलको ५५औँ मिनेटमा प्लानिङ ब्वाइजका कृष्ण गिरीले गोल गर्दै एक-एक गोलको अवस्थामा पुर्याए।

यस्तै खेलको ८९औँ मिनेटमा साइमन लिम्बुले पेनाल्टीमार्फत चर्च ब्वाइजका लागि दोस्रो गोल गर्नुभयो । यस्तै खेलको इन्जुरी समयमा चर्च ब्वाइजका लागि इन्द्रजङ लिम्बुले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पुयाए

जीतसँगै समूह बी मा रहेको चर्च ब्वाइजले दुई खेलमा ६ अङ्क जोडेर सो समूहको शीर्ष स्थानमा रहेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया