जेठ २३, २०८३ शनिबार June 6, 2026

नेपाल–बंगलादेशबीच वार्षिक पाँच अर्बको व्यापार, निर्यात न्यून हुँदा व्यापारघाटा बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा रहेका छन्। राजनीतिक सम्बन्ध राम्रो रहे पनि बंगलादेशसँग नेपालले मजबुत आर्थिक सम्बन्ध निर्माण गर्न सकेको छैन।

यी दुई देशको व्यापार सम्बन्ध हेर्दा बंगलादेशबाट आयात भएको तुलनामा नेपालको वस्तु निर्यात नगन्य देखिएको हो। आर्थिक वर्ष २०७५/०७६ मा नेपालले बंगलादेशसँग ४ अर्ब २४ करोड २२ लाख ४६ हजार रुपैयाँको आयात तथा १ अर्ब २९ करोड ३४ लाख ७५ हजार रुपैयाँको मात्रै निर्यात गरेको थियो। उक्त वर्ष २ अर्ब ९४ करोड ८७ लाख ७० हजार रुपैयाँको व्यापार घाटा नेपालले व्यहोरेको थियो।

बंगलादेशबाट प्रमुख रुपमा खाद्य, कपडा र औषधिलगायतका वस्तुहरु नेपालले आयात गरिरहेको छ। नेपालबाट बंगलादेशको लागि निर्यातजन्य वस्तु मुसुरोको दाल र धागो नै हो। तर बंगलादेशले नेपालको धागो आयातमा प्रतिबन्ध लगाउँदा यहाँबाट निर्यात गर्न सकिएको छैन।

त्यस्तै नेपालबाट बंगलादेशले मुसुरो आयात गर्न खोज्दा पनि नेपालको उत्पादन नै खस्किँदा दुई देशको व्यापार असन्तुलित हुनपुगेको हो। टेक्सटायल क्षेत्रमा बंगलादेश विश्वको उच्च उपादक देशरुपमा अघि बढिरहँदा नेपालको धागोले भने बंगलादेशको बजार पाउन सकिरहेको छैन। नेपालको विदेश निर्यात हुने वस्तुहरुमा भने धागो दोस्रो नम्बरमा देखिँदै आएको छ।

दुई देशको व्यापार तथ्याङ्क हेर्न हो भने चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले बंगलादेशबाट १ अर्ब ७० करोड ९४ लाख ९६ हजारको वस्तु आयात गरेको छ। त्यस्तै ३९ करोड १३ लाख ८० हजारको मात्रै निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। पहिलो तीन महिनाको व्यापारमा नेपालले बंगलादेशसँग १ अर्ब ३१ करोड ८१ लाख १७ हजारको घाटा व्यहोरेको छ।

नेपालले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख ६३ हजार रुपैयाँको कुल वस्तु आयात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजारको आयात गरेको थियो। याे वर्ष गत वर्षभन्दा १०.३४ प्रतिशतले आयात घटेको छ।

उक्त अवधिमा २७ अर्ब १६ करोड ६७ लाख ७० हजारको कुल निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २३ अर्ब ७४ करोड ४९ लाख ३० हजारको निर्यात गरेको थियो। गत वर्षभन्दा निर्यात १४.४१ प्रतिशतले निर्यात बढेको थियो।

उक्त अवधिमा कुल व्यापार घाटा ३ खर्ब ७ अर्ब ७८ करोड २५ लाख ९२ हजारको रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ खर्ब ४९ अर्ब ४ करोड २३ लाख २ हजारको व्यापार घाटा भएको थियो। गत वर्षभन्दा व्यापार घाटा १२.०२ प्रतिशतले घटेको छ।

चालू आवको तीन महिनामा नेपालको आयातनिर्यात अनुपात १२.३ प्रतिशत रहेको छ। गत वर्ष १५.७ प्रतिशत रहेको थियो।

नेपालको वैदेशिक व्यापार यो वर्षको तीन महिनामा ३ खर्ब ६२ अर्ब ११ करोड ६१ लाख ३३ हजारको रहेको छ, गत वर्ष ३ खर्ब ९७ अर्ब ३३ करोड २१ लाख ८९ हजारको रहेको थियो। तुलनात्मक रुपमा यो वर्ष वैदेशिक व्यापार ८.८६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

कुल व्यापारको ७.५ प्रतिशत निर्यात भएको छ, गत वर्ष ६ प्रतिशत रहेको थियो। यो वर्ष निर्यात २५.४६ प्रतिशतले बढेको छ।

त्यस्तै आयात कुल व्यापारको ९२.५ प्रतिशत रहेको छ, गत वर्ष पहिलो तीन महिनामा ९४ प्रतिशत रहेको थियो। यस वर्ष आयात १.६२ प्रतिशतले घटेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार