भाद्र १, २०८३ सोमबार August 17, 2026

‘राष्ट्रवादी’ ओली कालापानीबारे किन बोल्दैनन् ? : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिलेशीय विन्दु भएको समेत बताएका छन ।

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लिपुलेक चीन र भारतको मात्र नभई नेपालको पनि भएको बताएका छन । यसबारे आफूले भारतमा समेत बोलेको उनले सुनाए ।

तर धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने उनले बताएका छन । देउवाले अघि भने, ‘सरकारले किन गरिरहेको छैन ? राष्ट्रवादी भनिने ओलीले किन गरिरहेको छैन ? किन बोल्दैनन् ओली ?’

सरकार लम्पसरावादी भएको उनको आरोप छ ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन ।

नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको भन्दै उनले भने, ‘अस्ति सार्वदलीय बैठकमा पनि प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’

सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिक स्तरमा सम्वाद गर्नुपर्ने बताएका छन ।

नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राखेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडीमालिका पूजा आजदेखि प्रारम्भ
२०८३ भाद्र १, सोमबार
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १, सोमबार
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
२०८३ भाद्र १, सोमबार
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ भाद्र १, सोमबार
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र १, सोमबार