काठमाण्डौंः भारतीय नाकाबाट तस्करी बढ्दै गएपछि सुनसरीको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिएको छ । नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने गरेको छ । प्रहरी एकाइले जति कडाइ र सतर्कता अपनाए पनि तस्करी नरोकिएपछि पछिल्लो समय सीमा नाकामा सुरक्षा चिन्ता बढेको हो ।
एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्को सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो ।
सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध ब्रोइलर कुखुरा, अण्डा र लत्ताकपडा पनि बरामद गरेको छ । प्रहरीले जाँचकै क्रममा आइतवार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ ।
यसरी भारतीय नाकाबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरीले थप सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । प्रहरीको आधाभन्दा बढी जनशक्ति सीमा नाकामा परिचालन गरिए पनि तस्करीका सामग्री, लागूऔषध लगायत बरामद हुने क्रम नरोकिएको आजको आर्थिक अभियान दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया