मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

दण्डहीनता अन्त्य गर्न शान्ति समाजको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब दिएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस २१ मार्चका अवसरमा दबाबस्वरुप बौद्धमा प्रदर्शन गरिएको थियो ।

‘दलित अधिकार, मानव अधिकार’, ‘सबैका लागि सबै अधिकार’, ‘जातीय विभेद अपराध हो’, ‘छुवाछूत अन्त्य गरौँ, मानव अधिकार रक्षा गरौँ’ लगायतका प्लेकार्डसहित गरिएको प्रदर्शनमा वाग्मती प्रदेशसभा सदस्य द्वय कल्पना नेपाली र छिरिङदोर्जे लामा, दलित विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरू होमकान्त चौलागाँइ, उत्तम पुडासैनी लगायतले जातीय विभेद अन्त्य गर्न जागरणमूलक अभियान चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार सङ्घ रुपन्देही, जागरण मिडिया सेन्टर, परियार सेवा समाज, सृजनशील सहयात्री समाज बुटवलद्वारा आज बुटवलमा ‘विभेद कहिलेसम्म रु’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा संविधानसभा सदस्य विनोद पहाडी, शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, लुम्बिनी प्रदेशसभा सदस्य दीपा विश्वकर्मा, राजनीतिकर्मीहरू गङ्गा शाही, देवी घलेलगायतले मन्तव्य राख्नुभएको थियो ।

यसै सन्दर्भमा आज शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित सबै मिली जातीय छुवाछूत अन्त्य गरौँ भन्ने विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी यज्ञ विकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली जनप्रतिनिधि युवा करारा, राजनीतिकर्मीहरू जोगेन्द्र विश्वकर्मा, सर्जन परियार, राधिका परियार, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपालीलगायतले जातीय छुवाछूतको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । यसै सम्झनामा प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार