काठमाण्डौंः प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले लोकतन्त्रवादी नेता भरतविमल यादवलाई आज सम्मान गर्नुभएको छ ।
जनकपुरधामस्थित यादवको निवासमै पुगेर प्रमुख अहिराजले खादा ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा नेता यादवले आफ्नो निवासमै आएर सम्मान गरेकोप्रति प्रदेश प्रमुखलाई धन्यवाद दिनुभयो । उहाँले लोकतन्त्रका लागि आफूले गरेका त्याग र सङ्घर्षको कदर भएको बताउनुभयो ।
उहाँले आजसम्म लोकतन्त्रका लागि लामो समयसम्म सङ्घर्षरत रहँदा पनि कुनै पनि दलले कहिल्यै सामान्य सोधपुछसमेत नगरेको तर प्रदेश प्रमुखको यो सम्मानबाट आफूलाई खुशी लागेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया