मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

२५ जना भन्दा बढी भेला हुन बन्देज, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज सम्पन्न बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्सा तथा वीरगंजमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले विगत केही समय यता वीरगंज लगायत पर्सा जिल्लामा कोरोना संक्रमण बढ्दै गएको हुँदा यसलाई दृष्टिगत गर्दै भेला सम्मेलन गोष्ठी, सभा गर्दा २५ जना भन्दा बढी व्यक्ति एक स्थानमा  जम्मा हुन नपाउने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा खुला सीमाको कारण पर्सामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
बैठकले भौतिक दुरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न सर्वसाधारण तथा जिल्लावासीलाई आग्रह गरेको छ । यसै गरी बैठकले  यस वर्षको होली पर्व घरमै बसेर मनाउन जिल्लावासीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
बैठकले खुला सीमाको कारण भारतमा बढ्दै गएको कोरोना संक्रमण भित्रिन सक्ने प्रति सचेत रहन जिल्लावासीलाई आग्रह गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउने तथा भारतबाट भित्रिने यात्रुहरूको सीमा नाकामा नै प्रारम्भिक स्वास्थ्य परीक्षण गरी शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार