काठमाण्डौंः विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरलाई थप ६ वर्ष बढीको प्रतिबन्ध लागेको छ ।
फिफाले बुधवार पूर्व अध्यक्ष ब्लाटरलाई थप ६ वर्ष ८ महिनाको प्रतिबन्ध लगाएको हो ।
फिफाले संस्थाको विभिन्न आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ । यस अघि सन् २०१५ मा फिफाले ब्लाटरलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो । फिफा अध्यक्ष रहँदा संस्थाको आचार संहिता विपरीत कार्य गरेको आरोप रहेको छ ।
स्विजरल्याण्डका ब्लाटर सन् १९९८ देखि २०१५ सम्म फिफाका अध्यक्ष थिए । फिफाले ब्लाटरसँगै पूर्व महासचिव जेरोमी भाल्केलाई पनि ६ वर्ष ८ महिनाको प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया